September 19, 2026, Saturday
२०८३ आश्विन ३

संविधान दिवसमा डोटीमा र्‍यालीसहित कोणसभा

डोटी । संविधान दिवसको अवसरमा डोटीमा र्‍यालीसहित कोणसभा आयोजना गरिएको छ। संविधान दिवस २०८३ को अवसरमा डोटीमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र सरोकारवालाको सहभागितामा र्‍यालीसहित कोणसभा आयोजना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको र्‍याली जिल्ला अस्पतालसम्म पुगेपछि कोणसभामा परिणत भएको थियो। कोणसभामा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नेपालको संविधानका प्रमुख विशेषता, संविधानको विकासक्रम तथा कार्यान्वयनका विषयमा प्रकाश पार्दै संविधान दिवसको शुभकामना व्यक्त गरिन्।

जिल्ला समन्वय समिति डोटीका निमित्त समन्वय प्रमुख राम खड्काले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै निकायसँगै नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए।

संविधान दिवसकै अवसरमा जिल्ला अस्पताल डोटीमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गरिएको थियो।

कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी र विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।