October 21, 2026, Wednesday
२०८३ कार्तिक ५

१२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन, अध्यक्षमा मुनिन्द्र नेम्वाङ

भर्जिनिया : नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अमेरिकाको भर्जिनियामा सम्पन्न समितिको तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन।

अध्यक्ष पदमा भएको निर्वाचनमा नेम्वाङले २६६ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्ष पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

अधिवेशनबाट वरिष्ठ उपसभापतिमा विनोद भट्ट र हरि पी शर्मा निर्वाचित भएका छन्। उपसभापतिमा निमा बोम्जन, सञ्जीब श्रेष्ठ र श्रीराम थापा निर्वाचित हुँदा युवा उपसभापतिमा सुशील खत्री निर्वाचित भएका छन्।

त्यस्तै, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल निर्वाचित भएका छन्। सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार तथा कोषाध्यक्षमा नारायण पी पोखरेल निर्वाचित भएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे, सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लगायतका नेताहरूको सहभागिता रहेको थियो।

नेपाली कांग्रेसको प्रवासस्थित संगठनका रूपमा रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाले यसअघि सन् २०१४ मा अधिवेशन गरेको थियो। त्यसपछि लामो समयसम्म अधिवेशन हुन नसकेपछि १२ वर्षपछि तेस्रो अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।