हालसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा बढी ८७.८ प्रतिशत सुदूरपश्चिममा

धनगढी : चालु आर्थिक वर्षको असार ३२ गतेसम्म देशभर कुल ६१.४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको तथ्यांकअनुसार हालसम्म ८ लाख ८२ हजार ६८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, वाग्मती प्रदेश ५७.१, लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२ प्रतिशत तथा कोसी प्रदेशमा ५४.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी मधेस प्रदेशमा ५७.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अनुसार मनसुन सक्रिय भएसँगै अधिकांश जिल्लामा रोपाइँले गति लिएको छ । आगामी केही दिनभित्र देशका अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।






प्रतिकृया दिनुहोस्