सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने, स्विट्जरल्याण्ड विश्वकपबाट बाहिरियो

काठमाडौं: स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको हो।
अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाए ।
निर्धारित समयमा १-१ को बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २-१ मा पुर्याए । खेलको १२१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३-१ मा पुग्यो ।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ। यसअघि नर्वेलाई २-१ ले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको छ। त्योसँगै विश्वको सेमिफाइनल समीकरण पूरा भएको छ। अर्को सेमिफाइनल फ्रान्स र स्पेनबीच हुनेछ।





प्रतिकृया दिनुहोस्