प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि सुरु

काठमाडौँ : प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि आजदेखि संसदीय सुनुवाइ सुरु भएकोछ । आज बिहान ८ बजे देखी बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्मामाथि सुनुवाइ सुरु भएको हो ।
बैठकमा डा शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।
उपसचिव शर्माका अनुसार आजको समितिको बैठकमा उजुरी खोल्ने र त्यसलाई सांसदहरूबीच वितरण गर्ने कार्य हुनेछ। त्यस्तै, बिहान १० बजेपछि उजुरीकर्तासँग छलफल गरिने छ। त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने छ।





प्रतिकृया दिनुहोस्