June 25, 2026, Thursday
२०८३ असार ११

सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाएको सरकारी गाडी नालामा खसेको छ। बिहीबार धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको हो।

गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। स्थानीयको सहयोगमा गाडी निकालिएपछि रावल पुनः आफैंले उक्त सरकारी गाडी चलाएर उत्तरबेहडीतर्फ गएको प्रत्यक्षदर्शीले बताएका छन्।