June 18, 2026, Thursday
२०८३ असार ४

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ९बिहीबार० बस्दै छ। बैठक मध्याह्न साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने जानकारी दिएका छन्।

यस पटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुने र बैठकले महाधिवेशनको मिति समेत तोक्ने उनले बताए।