भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

काठमाडौं भदौ २१(ई-रैवार) भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि सम्पर्कविहिन भएको छ। भारतको महत्वकांक्षी अन्तरिक्ष अभियानअन्तरगतको विक्रम अन्तिम चरणमा आएर सम्पर्कविहिन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो। तर त्यसपछि सम्पर्क टुट्यो। हाल डेटाको समीक्षा भइरहेको छ ।’
सबै राम्रो भइरहेको थियो, तर अन्तिम समयमा इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको र वैज्ञानिक चिन्तामा देखिएका थिए। त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन्।
चन्द्रयान–२ विक्रमको सम्पर्क विच्छेदबाट हतास र निरास नहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। अगष्ट २० तारिखका दिन चन्द्रमाको कक्षमा प्रवेश गरेको भारतीय चन्द्रयान–२ विक्रम गत शनिबार चन्द्रमाको सतह नजिक पुगेको थियो। योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो।
प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन्। सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ। प्राप्त भएको उपलब्धी पनि सानो होइन। देशले तपाईँहरुसँग गर्व गरेको छ। यो अभियानले धेरै कुरा सिकाएको पनि छ।’
विक्रमको सम्पर्क विच्छेदले भारतीय वैज्ञानिकहरुमा चिन्ता थपेको छ। भारतले पहिलो पटक २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो।
प्रतिकृया दिनुहोस्