March 28, 2026, Saturday
२०८२ चैत्र १४

सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक

काठमाडौँ : जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्कीको आयोगको कारबाहीका सिफारिसमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । 

पक्राउपछि कान्तिपुरसँग कुरा गर्दै लेखकले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले प्रतिशोध साँध्न पक्राउ गरेको प्रतिक्रिया दिएका हुन् । 

उनले यसविरुद्ध आफू राजनीतिक र कानुनी लडाइँमा जाने बताएका छन् । उनले भनेका छन्, ‘सरकारको यो राजनीतिक प्रतिशोध हो । पूर्ण रुपमा पूर्वाग्रह हो । यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छु ।’

सरकारले शुक्रबार पहिलो मन्त्रिपरिषद् बैठकमा कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा बिहान प्रहरीले लेखकलाई र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासबाटै पक्राउ गरेको हो ।