प्रहरी हेडक्वाटरमा रातभर परामर्श, झिसमिसेमै ओली-लेखक पक्राउ

काठमाडौँ : पूर्वप्रधामन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पूर्वप्रधामन्त्री ओली भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन्। भने पूर्वगृहमन्त्री लेखक शनिबार विहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेका हुन्।
प्रहरीले निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ। एमाले अध्यक्षसमेत रहेका ओलीलाई पक्राउ गर्न गुण्डुमा रातभरी प्रहरी तैनाथ थियो। प्रहरीकै गाडीमा ओलीलाई राखेर लगिएको हो।
पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरीले ओलीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउको तयारी गरिरहँदा गुण्डुमा ओलीको समर्थनमा व्यापक नाराबाजी भएको थियो। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्री सहितका नेताहरू अहिले गुण्डुमै छन्।
प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) को पदबहालीपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
बालेन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध तत्काल कारबाही अगाडि बढाउने तयारी गरेको छ।
ओली सरकारकै गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको हकमा प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित निकायमा लेखि पठाउने निर्णय गरेको थियो।
सोही अनुसार सबै प्रक्रिया पुर्याएर ओलीलाई प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रहरीले आज बिहानै लेखकलाई पनि पक्राउ गरिसकेको छ।
नवनियुक्त गृहमन्त्री सुधन गुरूङले शुक्रबार पदबदहाली गर्दै मातहतका कर्मचारी सुरक्षा निकायलाई भनेका थिए- ‘मन्त्रिपरिषदबाट निर्णय भएपछि प्रतिवेदन कार्यान्वयन हुन्छ ।’ उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ संकेत गरेका थिए ।





प्रतिकृया दिनुहोस्