कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक

धनगढी : नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका हुन्।
बिष्टले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचन अभियानमा २६ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ। जसमा प्रचार–प्रसार सामग्री छपाइमा ४ लाख ३८ हजार, मिडिया प्रचारमा १ लाख, सभा तथा कोण सभामा ३ लाख, सवारीसाधन तथा इन्धनमा ७ लाख, निर्वाचन कार्यालय सञ्चालनमा ४ लाख ४२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यसैगरी स्वयम्सेवक तथा कार्यकर्ता व्यवस्थापनमा ३ लाख २८ हजार, प्रचार सामग्री ढुवानी तथा वितरणमा ६८ हजार, फोटो, भिडियो तथा डिजाइनमा १ लाख, मतदाता भेटघाट कार्यक्रममा २ लाख र अन्य विविध शीर्षकमा २० हजार रुपैयाँ खर्च भएको उनले जनाएका छन्।
निर्वाचन कानुनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।






प्रतिकृया दिनुहोस्