June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

सुदूरपश्चिम प्रदेशबाट एसईईमा ५५ प्रतिशत विद्यार्थी भए ग्रेडेड

धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन् ।

परीक्षामा सहभागी २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् । ननग्रेड भएका विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षाको व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार शुक्रबार सार्वजनिक गरिएको नतजिाअनुसार सुदूरपश्चिम प्रदेशमा ३.६० देखि ४ जीपीए अर्थात् विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको संख्या एक हजार २१९ छन् ।

यस्तै, १.६० देखि २ जीपीए ल्याउने एक जना, २ देखि २.४० जीपीए ल्याउने ६५९, २.४० देखि २.८० जीपीए ल्याउने पाँच हजार ७१९ जना, जीपीए २.८० देखि ३.२० ल्याउने सात हजार ४७६ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने चार हजार ९१ जना छन् ।