पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय

धनगढी । पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ। अदालतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको हो।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले मुद्दाको सुनुवाई गर्दै भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय फैसला सुनाइएको हो।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण राज विष्टले पत्रकार भण्डारीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए।
मानसखण्ड दैनिकका समपादक समेत रहेका भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका बिषय समाचारमा र सामाजिक संजालमा उजागर गर्दै आएका थिए । मैले यी बिषयमा लेखेकै कारण आफूलाई गाली बेज्जती मुद्दामा कैद सजाय सुुनाइएको पत्रकार भण्डारीले बताए ।
२०७५ साउन १० गते उल्टाखाममा महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो।
अदालतको फैसला आएपछि पत्रकार भण्डारीले अदालतको फैसलाको सम्मान गर्ने र जिल्लाको फैसला विरुद्द तत्काल माथिल्लो अदालतमा जाने तयारी प्रतिक्रिया दिएका छन्।
नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले यो घटना अदालति भएकोले पत्रकार महासंघले अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बताए । उनले पत्रकार भण्डारीले कानुनी साहयताको माग गरेकोमा उपलब्ध गराउन महासंघ तयार रहेको समेत बताए ।





प्रतिकृया दिनुहोस्