March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

बीपी स्मृति दिवस अवसरमा वृक्षारोपण र फलफुल वितरण

ई–रैवार समाचार, डोटी साउन ६
३७ औं बीपी स्मृति दिवस वृक्षारोपण र फलफुल वितरण गरी मनाईएको छ । नेपाली कांगे्रस डोटीको आयोजनमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी तथा बीपी चिन्तन प्रतिष्ठान डोटीको आयोजनमा सिलगढीको छाउनिमा वृक्षारोपण गरी दिवस मनाईएको छ ।
यस्तै नेपाली कागे्रस शिखर नगर कार्यसमितिको आयोजना शिखर नगरक्षेत्रमा वृक्षारोपण गर्नुका साथै विचार गोष्ठिको आयोजना गरेर दिवस मनाईएको जनाईएको छ ।
सो विचार गोष्ठीमा नेपाली कांगे्रस डोटीका सभापति प्रदीपकुमार देउवाले कांग्रेस बीपीको विचारलाई आत्मसात गर्दै अघि बढ्न दृढ रहेको बताए । ‘कहिँकतै तलमाथि भएपनि कांग्रेस मूलभूत रुपमा बीपीकै मार्गमा अघि दृढ संकल्पित छ,’ उनले भने, ‘बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई साकार पार्न नै कांग्रेस प्रयासरत छ ।’
अहिले मुलूकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणाको स्रोत बीपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको समेत उनले दाबी गरे ।