कार्यकक्षमै प्रहरी जवान न्यौपानेले चलाए आफैमाथि गोली

कञ्चनपुर । प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैमाथि गोली चलाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीले बताएका हुन ।
प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका छन् । शुक्रबार साँझ २१ वर्षीय प्रहरी जवान न्यौपानेले कार्यकक्षभित्रै पेस्तोलले आफ्नै टाउकोमा गोली प्रहार गरेका छन्। टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ डिएसपी जोशीले भने, ‘टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’
डिएसपी जोशीका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको छ। न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी जोशीको भनाइ छ।
प्रतिकृया दिनुहोस्