September 21, 2026, Monday
२०८३ आश्विन ५

पश्चिम नेपालमा १३ दिनमा मात्रै सात पटक भूकम्पको धक्का महसुस

धनगढी । पछिल्लो एक महिनामा पश्चिम नेपालमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिनाको १३ दिनमा मात्रै पश्चिम नेपालमा सात पटक भूकम्पको धक्का महसुस भएको हो ।

शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३, पुस ३ गते बझाङको धामेना मै ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

पुस ६ गते बाजुरामा ५.२ म्याग्नेच्यूडको भूकम्प जाँदा पुस ९ गते ९:२५ बजे  दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्यूडको भूकम्प गएको विभागले जनाएको छ।

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको थियो।