April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधान न्यायाधीश श्रेष्ठ गृह जिल्ला डोटी आउदै, नागरिक अभिनन्दन गरिने

डोटी । सर्वोच्च अदालतका प्रधान न्यायाधीश गृह जिल्ला डोटीमा आउने भएका छन् । पारिवारिक कामकाजले डोटी आउन लागेका प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन समेत गरिने भएको छ ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिं खड्काका अनुसार प्रधान न्यायाधीश श्रेष्ठ पारिवारिक कामकाजले डोटी आउन लागेको मौकापारी आउदो बैशाख २ गते नागरिक अभिनन्दन गरिने बताएका हुन ।

‘न्यायलय क्षेत्रको अग्रणी भूमिकामा पुग्नु हुने डोटेली पुत्र पाउनु सवै डोटेलीका लागि गौरबपूर्ण कुरा हो’, नगरप्रमुख खड्काले भने, ‘डोटेली नागरिकका तर्फवाट उहाँलाई प्रमाणपत्र सहित नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।’

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायको नेतृत्वमामा प्रधान न्यायाधीश श्रेष्ठलाई डोटेली नागरिकका तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम तय भएको हो ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष उपाध्यायले प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने बताए ।

शाखा अधिकृतका रुपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०१६ साल असोज २० गते जन्मेका हुन् । पुख्र्यौली घर सिलगढी डोटी रहेका श्रेष्ठ २०८० साल भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायधिसमा नियुक्त भएका थिए ।