April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा गाउँपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

डोटी । डोटीमा गाउँपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । तिहारको अबसरमा बडिकेदार गाउँपालिका- ५ लानामा कार्तिक २३ गते देखि गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

देशभरी नै क्रिकेटको चर्चा चलिरहदा डोटीको ग्रामीण क्षेत्रमा यति बेला क्रिकेटको लहर नै चलेको छ । बडिकेदार गाउँपालिका वडा नम्बर ५ को आयोजनामा युबा बर्ष आधारभुत बिधालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

डोटीमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहराले बताए ।

अध्यक्ष बोहराका अनुसार प्रतियोगिताको बिजेतालाई ३५ हजार रुपैयाँ, उपबिजेतालाई हजार १५ रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन भने तेस्रो र चौथो हुने टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

सेमिफाइनल पछिका सबै खेलका उत्कृष्ट खेलाडीहरुलाइ नगद र मेडल उपलब्ध गराइने अध्यक्ष बोहराले बताए ।प्रतियोगितामा सहभागी खेलाडी हरुलाइ बस्नको ब्यवस्था मिलाएको छ भने खानाको ब्यवस्थापन आफैं गर्नु पर्ने छ ।