April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी कांग्रेसले महासमिति सदस्यका लागि २४ गते निर्वाचन गर्ने, ११ सिटका लागि २४ उम्मेदवारी दर्ता

डोटी । नेपाली कांग्रेस डोटीले महासमिति सदस्यका लागि असोज २४ गते निर्वाचन गर्ने भएको छ । महाधिवेशन प्रतिनिधिबीच आन्तरिक सहमति हुनसके पछि निर्वाचन २४ गते हुने भएको हो ।

डोटी कांग्रेसका अनुसार संघिय निर्वाचन क्षेत्रबाट महासमिति सदस्य ११ जना हुने बैधानिक ब्यवस्था रहेको छ । डोटी एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो । महाधिवेशन प्रतिनिधि मध्यबाट ११ जनामात्रै महासमिति सदस्य चुन्न पाउँछ ।

बुधबार निर्वाचनका लागि २४ जना महाधिवेशन प्रतिनिधिले उमेदवारी दर्ता गरेका छन् । महाधिवेशन प्रतिनिधिबीच आन्तरिक सहमति हुन नसके पछि निर्वाचनको वातावरण तय भएको नेपाली काग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिहले बताए।  ‘सहमतिका लागी पटक पटक छलफल गरियो सर्वसम्मत सहमति नभएपछि निर्वाचन हुन लागेको हो ।’ उनले भने- ‘अझै सर्वसम्मतको लागी अन्तिम पटक छलफल गछौं ।’

काग्रेसको बिधानले जिल्ला अधिबेशनकै समयमा महासमिति सदस्यको निर्वाचन गर्नु पर्ने ब्यवस्था गरेको छ । तर डोटी जिल्लामा सर्वसम्मत गर्ने भन्दै निर्वाचन नगरेपछि अहिले आएर चुनाव हुन थालेको हो । काग्रेसका एक नेताले भने- ‘अहिले सम्म डोटीमा महासमिति सदस्यको चुनाव कहिल्यै भएन यस पटक हुन थाले हो । गुट र उपगुटका कारण निर्वाचन हुन लागेको छ ।’

निर्वाचन दिपायलको राजपुर स्थित सेती सभाहलमा आयोजना हुने कांग्रेसले जनाएको छ । निर्वाचन कमिटीका अनुसार उम्मेदवारले २० गते ५ बजे भित्र उम्मेदवारी फिर्ता लिन सक्ने छन् । २४ गते ७ बजे देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

नेपाली काग्रेस निर्वाचन समिति डोटीका निर्वाचन अधिकृत कैलाश साउदका अनुसार महासमिति सदस्य (खुल्ला) तर्फ ५ जनाको सिटमा यज्ञराज पाठक, पुष्प कुमार शाही, लोकेन्द्र बहादुर शाही, पदमराज जोशी, भरत बहादुर खड्का, जीत बहादुर खड्का, दिल बहादुर बम, हर्क बहादुर देउबा, सीताराम जोशी र राम प्रसाद उपाध्याय गरी १० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्य खुल्लातर्फ २ जनाको सिटमा पार्वती चन्द, धौली देवी रावल, मायादेवी कुँवर र प्रसिस महरागरी ४ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी पुरुष खस आर्य तर्फ २ जनाको सिटमा भक्त बहादुर बलायर, लक्ष्मण बहादुर सिंह, सोपन सिंह बोहरा र विजय ओझागरी ४ जना को उम्मेदवारी परेको छ ।

त्यस्तै महिला खस आर्य तर्फ १ जनाको सिटमा हरिमाया भट्ट, मिना देवी विष्ट र प्रतिमा शाहीगरी ३ जना, दलित सदस्य तर्फ १ जनाको सिटमा कुमार सिंह टेलर, कल्पना सोप र लाल बहादुर बिकगरी ३ जनाको उम्मेदवारी परेको छ ।