April 18, 2026, Saturday
२०८३ बैशाख ५

बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

बझाङ । बलात्कार गरेको आरोपमा बझाङमा एक बालक पक्राउ परेका छन् । अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो। शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ गरिएको जानकारी दिएका हुन ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो । पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे जानकारी गराएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।