February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

बोर्डले सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० मदनकृष्ण श्रेष्ठसहित १० जनालाई दिने

काठमाडौँ । चलचित्र विकास बोर्डले यस वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार १० जनालाई दिने भएको छ। बोर्डले यस वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० मदनकृष्ण श्रेष्ठसहित १० जनालाई दिने भएको हो।

बोर्डको आइतबार बसेको बैठकले पुरस्कार पाउने १० कलाकार र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई दिने सूची प्रकाशन गरेको हो। असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आतिथ्यमा पुरस्कार प्रदान गर्न लागिएको छ।

सामाजिक/ शासकीय रूपान्तरणमा योगदान पुर्याएको भन्दै चलचित्रकर्मी र संस्थालाई पुरस्कार दिन लागेको हो।

बोर्डले मदनकृष्ण श्रेष्ठ, विजयरत्‍न तुलाधर, मिथिला शर्मा, दयाराम दहाल, मुकुन्द किशोर भट्टराई, श्‍याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मीनबहादुर भामलाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।

378210456_336718792128592_4552881763818945836_n-1695045264.jpg