June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विषालु च्याउ खादा डोटीमा ११ जना बिरामी, उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर

डोटी । डोटीमा विषालु च्याउ खादा ११ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति जङ्गली विषालु च्याउ खादा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ११ जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जङ्गली विषालु च्याउ खादा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोक १८ वर्षीय अनमोल डुरा, ६० वर्षिया गङ्गा डुरा, १४ वर्षिया एलिजा डुरा, ३९ वर्षीय बासूँ बोगटी, १० वर्षिया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षिया सकुन्तला खड्का बिरामी भएको जानकारी दिएका हुन ।

त्यस्तै १२ वर्षिया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका छन् । च्याउ सेवनबाट बिरामी परेका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि आज डडेल्धुरा अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।