संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गर्यो काठमाडौंमा प्रदर्शन

काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। नेपाल शिक्षक महासंघले शुक्रबार माइतीघर मण्डलमा शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक महासंघले खबरदारी गरेको बताएको हो । शिक्षामा कूल बजेटको कम्तीमा २० प्रतिशत लगानी गरिनुपर्ने उनीहरूको माग छ।

यस्तै विद्यालय कर्मचारीले उठाएका माग पूरा गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन्। बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग राखेर उनीहरूले प्रदर्शन गरेका छन्।
६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्नसमेत सरकारसँग उनीहरूको माग गरेका छन्। साथै नेपाल शिक्षक महासंघले यसअघि भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्।





प्रतिकृया दिनुहोस्