डोटीको जोरायलमा भिरबाट लडेर गर्भवतीको मृत्यु
- Eraibar
- २०८० बैशाख १३, बुधबार १२:०७
- 82 Shares

डोटी । डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका-१ कि गर्भवती अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको जनाएको हो । उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन ।
अनिताका ससुरा प्रेमबहादुर मल्लले दिउँसो खाना खाने समयमा घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको जानकारी दिएका छन् ।
प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्