April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्थापन दिवसको अबसरमा नेबिसंघ डोटीद्धारा ‘रक्तदान तथा सरसफाई’

डोटी । डोटीमा नेपाल बिद्यार्थी संघले रक्तदान तथा सरसफाइ कार्यक्रम गरेको छ । आफ्नो ५४ औ स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा शैलेश्वरी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहका अनुसार स्थापना दिवसको अवसरमा बुधवार शैलेश्वरी मन्दिर प्रांगणमा एक कार्यक्रमका बिच रक्तदान तथा मन्दिर परिसर सरसफाई कार्यक्रम गरी दिवसलाई मनाइएको हो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेबिसंघले शैलेश्वरी मन्दिर परिसरको सरसफाइ गरेका थिए । त्यस्तै ५ जनाले रक्तदान गर्नुका साथै १५ जनाले रत्तसमुह ३८ जनाले स्वास्थ्य परीक्षण गरेको  समेत आयोजकले जनाएको छ ।

मन्दिरको सुन्दरतालाई कायम नेविसंघले मन्दिर परिसरमा एक दर्जन डस्विन समेत राखेको सिंहले बताए

नेपाल बिद्यार्थी संघले जिल्लामा हुने गरेका विभिन्न सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्यहरूमा समेत सहयोग गर्दै आइरहेको उनले बताए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटी डोटी शाखाले सहयोग गरेको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, नेपाल विद्यार्थी संघ संगठनमा आबद्ध पदाधिकारी, पत्रकार, नागरिक समाज, स्थानीय लगायतको सहभागिता रहेको थियो ।