April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

दिपायल । डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी स्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किंदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट जिल्ला सदरमुकाम सिलगढी जाँदै गरेको शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सुपप्र ०१ ००१ ज १२५९ नम्बरको जीप र सुपप्र ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

मगंलबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा दिपायल सिलगढी नगरपालिका – ७ की २९ वर्षीया टंक कुमारी उपाध्याय, ६५ वर्षीया धौली देवी विष्ट र सोही ठाउँकी दुर्गा देवी विष्ट घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका – ६ का विष्णु बोहरा पनि घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले बताए ।

जिप सडकदेखि ५० मिटर तल खसेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।