स्ववियु चुनावमा दुई बाम विद्यार्थी संगठनबीच तालमेल, डोटी नेविसंघले गर्यो ६ वटै क्याम्पसमा जित्ने दाबी

डोटी । डोटीमा स्ववियु निर्वाचनका लागी दुई बाम संगठनहरुबीच चुनावी तालमेल भएको छ । ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि डोटीमा अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको हो ।
अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच जिल्लामा रहेका ६ वटै क्याम्पसमा मिलेर चुनाव लड्ने सहमति भएको जानकारी दिएका हुन ।
अध्यक्ष जोशीका अनुसार त्रिभुवन विश्वबिद्यालयको सुदूरपश्चिमकै पुरानो आंगिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा, खप्तड आदर्श क्याम्पस, देहीमाण्डौं र सुदूरपश्मि बिश्वबिद्यालय मातहतको सिताराम क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्ने सहमति भएको छ ।
त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको केदार ज्योतिपुञ्ज क्याम्पस बिपीनगर, दिपायल क्याम्पस र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने भएको छ ।
सहमति अनुसार जुन क्याम्पसमा सभापति पायो, कोषाध्यक्ष पनि सोही संगठनको हुनेछ । उपाध्यक्ष र सचिव फरक संगठनबाट हुने र संगठनको अवस्था अनुसार सहसचिव र सदस्यहरुको बाँडफाँड गरिएको अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष जोशीले बताए ।
नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र सिहले स्ववियु निर्वाचनका लागी केन्द्रको तालमेल अनुसार छलफल भएको भएपनि डोटीमा सहमति नभएको बताए ।
बिषेसगरी अखिल क्रान्तीकारीले कुन क्याम्पसमा कस्ले नेतृत्व गर्ने भन्ने बिषयमा सहमति नजाएपछि चुनावी तालमेल नभएको हो । उनले भने- ‘हामीले तालमेलका लागी प्रयास गरेका हौ, तर अन्य संगठनका साथीहरुले सहमति जनाउनु भएन ।’
जिल्लामा रहेका ६ वटै क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु चुनाव जित्ने उनले दाबी गरे । ‘अहिले माउपार्टिका नेताहरु सहित सबै विद्यार्थी साथीहरु एकजुट भएर लागेका छौ र संगठन बलियो छ, हामी स्ववियु चुनाव जित्छौ, सिहले भने- ति दुई संगठन बाहेक अन्य संगठनको हामीलाई साथ, समर्थन रहेको छ ।’





प्रतिकृया दिनुहोस्