दिपायलको मनकामना होटलमा आगलागि, घटनास्थलमा दमकल ढिलो पुगेको भन्दै स्थानीय आक्रोशित

दिपायल । दिपायलको एक होटलमा आगलागि भएको छ । डाेटीकाे दिपायल सिलगढी नगरपालि ४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा शुक्रबार साँझ आगलागि भएको हो ।
इलाका प्रहरी कार्यालय दिपायलका अनुसार मनकामना होटलमा शुक्रबार साँझ ६:३० बजे चाउमिन पकाउने क्रममा ग्यास लिक भएपछि आगो फैलीएको अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले मनकामना होटलको भान्सा तथा काउन्टरमा रहेका पुरै सामान जलेर नष्ट भएका छन् । होटलसंगै जोडिएको गिताञ्जली सुनचाँदी पसलमा पनि आगोले छोएको छ ।
६:३० बजे लागेको आगो ७ : १० बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी खटिएपछि थप क्षती हुनबाट बचेको उनले बताए । क्षतीको यथार्त बिबरण भने आएको छैन ।
हरेक बर्ष दिपायल पिपल्ला बजारमा आगलागिका घटना हुँदै आएका छन् । पछिल्लो समय दिपायल बजारमा आगलागी भएको यो चौथो घटना हो । यसअघि पेट्रोल पम्प, फर्नीचर उद्योगमा समेत आगलागी भएको थियो । आगलागी भए पछि दमकल सधैं ढिलो पुग्ने गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्।
आगो नियन्त्रणका लागि सिलगढीमा रहेको दमकललाई खबर गरेपनि समयमा पुगेन । सिलगढीमा रहेको दमकल पूर्ण रूपमा आगो नियन्त्रण भएपछि मात्रै घटना स्थलमा पुगे पछि स्थानीय आक्रोशित भएका हुन।
दिपायल सिलगढी नगरपालिकाको उक्त दमकल सिलगढी स्थित नगरपालिकामा हुन्छ। सिलगढीबाट दिपायल पुग्न १२ किलोमीटरको सडक पार गर्नु पर्छ ।
दमकललाई दिपायल पुग्न ३० देखि ४० मिनेट लाग्छ। आगो नियन्त्रण भए पछि मात्रै दमकल पुगेको पछि घटना स्थलमा भएका स्थानीय आक्रोशित भएर दमकलमा तोडफोड गर्न खोजेका थिए ।
स्थानीयहरूले आगलागीको बढी जोखिम दिपायल बजार क्षेत्रमा भएको भन्दै दिपायलमै दमकल राख्नु पर्ने माग गरेका छन्।





प्रतिकृया दिनुहोस्