April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरामा मतगणना जारी : बद्री पाण्डे ३५ मतले अगाडि, पछ्याउँदै कर्ण थापा

बाजुरा । बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका हुन ।

उनलाई पछ्याइरहेका एमालेका कर्ण थापाले ५५७ मत ल्याएका छन् । पाण्डे ३५ मतले मात्र अगाडि रहेका छन् ।

४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना सुरु हुन सकेको थिएन ।

निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै मतगणना गर्न निर्देशन दिएपछि त्यहाँ मतगणना सुरु भएको हो ।