गैरसरकारी संस्थासँग समन्वय गरेर अगाडि बढ्ने- नगर प्रमुख खड्का

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिं खड्का (बिजय) ले गैरसरकारी संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । बिहीबार गैरसरकारी संस्था सँगको समीक्षा एंव योजना तर्जुमा कार्यक्रम बोल्दै प्रमुख बाजि सिं खड्का बिजयले सो कुरा बताएका हुन् ।
नगरपालिकामा लागू भएका गैरसरकारी संस्थाले हालसम्म गरिएका काम र उपलब्धिका साथै आगामी आर्थिक बर्षको कार्यक्रम तथा योजना तय गरिएका छन् भनेर आयोजना गरिएको कार्यक्रममा नगरपालिकामा कार्यरत संस्थाले आ-आफ्नो कार्यहरूको प्रस्तुति गरेका थिए । त्यसैगरी गैरसरकारी संस्थाहरुले आगामी आर्थिक बर्षको कार्यक्रम र योजनाको जानकारी गराएका छन ।
कार्यक्रममा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले बिगतमा पनि नगरपालिका संग कार्यक्रमको बिषयमा समन्वय भएको र आगामी आर्थिक बर्षमा पनि समुदायमा गर्नुपर्ने कार्यहरू गर्दा नगरपालिकाले संस्थाहरू सँग समन्वय गरेर जादा कार्यहरू प्रभाकारी देखिने बताएका थिए ।
गैरसरकारी संस्था गैरसरकारी संस्थाको छाता संगठन भएको बताउदै गैरसरकारी संस्था डोटीका अध्यक्ष लाल बहादुर बिकले जिल्लामा कार्यरत संघ सस्थाहरुले समन्वय गरेर अगाडि बढ्ने बताए । उनले गैरसरकारी संस्थाहरुले स्थानीय सरकार सँग बढि भन्दा बढी समन्वय गर्नुपर्ने बताएका छन् ।
दिपायल सिलगढी नगरपालिमा लागू भएका सबै गैरसरकारी संस्थाहरू सँग समन्वय गरेर अगाडि बढ्ने र कुनै पनि संस्थालाई काखा र पाखा नगर्ने दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्का बिजयले बताएका छन् ।
संस्थाले गर्दा पछिल्लो समयमा समुदायमा धेरै परिवर्तन आएको छ त्यसकारण संस्थाले गर्ने हरेक कार्यको मुल्यांकन गरेर नगर र गैरसरकारी संस्था सँगसँगै अगाडि बढ्ने खड्काको भनाइ रहेको थियो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कल्पना साउद, नगरपालिकाका निमित्त प्रशासन प्रमुख, नौ वटै वडाका वडा अध्यक्ष, कार्य पालिका सदस्य र गैरसरकारी संस्थाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।






प्रतिकृया दिनुहोस्