डोटी कांग्रेसको राहत कोषबाट अपाङ्गता भएका कलेललाई आर्थिक सहयोग

धनगढी : नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । शारीरिक रुपमा पूर्ण अशक्त कलेल डोटीको बडिकेदार गाउँपालिका–१, डाङ घरभई हाल धनगढी उपमहानगरपालिका–१७, डमौलिया बस्दै आएका छन् ।
उनले नियमित औषधि सेवन गर्नुका साथै समय समयमा पिसाव थैली परिवर्तन गर्नु पर्ने भएकाले केही राहत होस् भनेर नेपाली कांग्रेस डोटीले राहत कोषबाट आर्थिक सहयोग गरेको कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।
नेपाली कांग्रेस डोटीले आफ्नो आन्तरिक राहत कोषबाट कलेललाई १० हजार रुपैयाँ औषधिमूलोका लागि सहयोग गरेको सभापति सिंहले बताए । उनले भने,‘कलेलजी हाम्रो पार्टीका होनाहार नेता हुन्, उनको पार्टी प्रतिको योगदानको हामीले उच्च मूल्याङ्कन गरेका छौं ।’
दीर्घ रोगी भएका बिरामीलाई नियमित औषधि सेवन गर्न समस्या पर्ने भएकाले राहत कोषबाट निर्णय गरेर आवश्यकता अनुसार सहयोग गर्ने गरेको कांग्रेस सभापति सिंहले बताए ।
२०५६ जेठ १९ गते डोटीको बर्छैनमा हिँडिरहेका बेला चिप्लिएपछि सँगै बोकेको (लाइसेन्सवाला बन्दुक) बन्दुक पड्किएर उनको करङबाट पिठ्युँमा गोली निस्केको थियो । सबै नसाहरू कटेपछि उनको कम्मर मुनिको शरीर नचल्ने भएको छ ।
पूर्ण अशक्त रहेका कलेल दिसा पिसाब पनि प्लाष्टिकको पाइपमार्फत् गर्छन् । उनको प्लाष्टिकको पाइप र थैली समय समयमा फेर्नुपर्ने उनलाई थोरै रकम भएपनि सहयोग होस् भनेर यो राहत प्रदान गरिएको सभापति सिंहले बताए ।






प्रतिकृया दिनुहोस्