April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप १ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २ सय १९ पुग्यो

धनगढी, कार्तिक ५ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको नमुना परीक्षण गर्दा  १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको नमुना परीक्षण गर्दा  १ सय ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको पनमुना परीक्षण गर्दा  ४७ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिका–१ का २३ जना, गोदावरी नगरपालिकाका ३ जना, त्यसैगरी टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका, जोशीपुर गाउँपालिकाका २/२ जना, यस्तै गौरीगंगा नगरपालिका, लम्किचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए।  कैलालीकै ठेगाना नखुलेका ७ जनामा पनि संक्रमण देखिएको उनले बताए।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ।

डोटी अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  ९९ जनाको पीसीआर परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगपालिकाका ९ जना पुरुष र केआईसिह गाउपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४ जनाको पीसीआर परीक्षण गर्दा  ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाको महाकाली नगारपालिकाका  ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १९ जना, बैतडी प्रयोगशालामा २ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार २ सय १९ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ४ सय जनाले कोरोना जितेका छन् भने २९ जनाको मृत्यु भएको छ।