April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, ११ सय १ जनाको स्वाव परिक्षण

धनगढी, कार्तिक २ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा १ हजार १ सय १ जनाको स्वाव परिक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

चना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २/२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरी गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एकजना र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४–४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

डोटी अस्पतालको प्रयोगशालामा आज थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २सय  ५५ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले  दिपायल सिलगढीका ५ पुरुष र २ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका छन ।

जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६२ पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले  डडेल्धुराको अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वरका १–१ जना, दार्चुलाको दुहुका १ जना, बैतडीको मेलौलीका २ जना र शिवनाथका २ जना गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन ।

यस्तै, बझाङको अस्पतालमा १ सय ४० जनाको स्वावपरिक्षण गरिएकोमा १ जनामाकोरो पुष्टि भएको ल्याव ईन्चार्ज नरेश खडकाले बताएका छन् । कोरोना पुष्टि हुनेमा सैपाल गाउँपालिकाका १ जना पुरुष रहेको उनले बताए ।

उता, अछामको कमलवजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८० जनाको स्वाव परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ४६ पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा मृतकको संख्या २५ पुगेको छ ।