बाजुरामा विद्यालय सञ्चालन गर्दा शिक्षककै कारण पुन : कोरोना संक्रमण

बाजुरा, असोज २९ (ई-रैवार)
विगत दुई महिना यता बाजुराका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थिएन । स्थानीय तहले हतारमा निर्णय गर्दै विद्यालय सुचारु गर्न अनुमति दियो ।
दुई महिना सम्म कोरोना संक्रमित फेला नपरेको बाजुरामा पुनः संक्रमण देखापरेको छ । तर विद्यालय सञ्चालन हुने वित्तिकै बाजुरका ६ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । ती सवै शिक्षक विद्यार्थीलाई पढाउन तराईबाट आएका थिए ।
‘स्थानीय तहले विद्यालय सुचारु गर्न दिएपछि विदामा घर बसेका तराईका शिक्षक बाजुराका विभिन्न विधालयमा भित्रिएका छन् । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने–‘तराई बाट आएका शिक्षककै कारण पुनः बाजुरामा कोरोना संक्रमण फैलने चिन्ता बढ्न थालेको छ, हामी नियन्त्रणका लागि प्रयासरत नै छौं ।’
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले कैलालीका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि उनि संग सम्पर्कमा आएका ३७ जनाको स्वाव परिक्षणम गर्दा ६ जनामा संक्रमण पुष्टि भएको बताए ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले यस विषयमा छलफल गर्न असोज ३० गते सबै पालिकाका शिक्षा इकाई प्रमुख संग बैठक आह्वान गरिएको बताए ।
स्वामीकार्तिक खापर गाउँपालिकाले असोज पहिलो सताबाट संञ्चालन गरेका बिद्यालय ६ जना शिक्षकमा कोरोना सक्रमण पुष्टि भएपछि पुन बन्द गरिएको स्वामीकातर्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताए । उनका अनुसार कैलाली, सिराह, सप्तरी र रुकुम घर भएर बाजुरामा अध्यापन गराउने शिक्षक विद्यालय खुले संगै असोज ११ गते बाजुरा गएका थिए ।
‘तराईबाट शिक्षक बाजुरा आएको जानकारी पाएपछि हामीले उनिहरुलाई १४ दिन क्वारेण्टाईन राखेर स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ आयो’ स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भने–‘तर हामीलाई जानकारी नदिएर पनि धेरै शिक्षक जिल्ला प्रवेस गरेका हुन सक्छन्, उनिहरुले नै समुदायमा संक्रमण फैलाउने डर छ ।’





प्रतिकृया दिनुहोस्