April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ स्थानीय तह पुरस्कृत

धनगढी, असोज २४ (ई-रैवार)

स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने  ९ स्थानीय तहलाई पुरस्कृत गरिएको छ।  स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने सुदूरपश्चिम प्रदेशका ९ स्थानीय तहलाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले ती स्थानीय तहलाई शनिबार एक कार्यक्रमकाबिच पुरस्कृत गरेको जनाएको हो।

पुरस्कृत हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका, बैतडीको पाटन नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका रहेका छन्।

पुरस्कृत हुने स्थानीय तहलाई ४० हजार पुरस्कार प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताएका छन् ।