June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

बालै फरर

काठमाडौं, असोज २३ (ई-रैवार) 

गायक तथा मोडल निर्मल क्षेत्रीको गीत बालै फरर यति बेला निकै चर्चामा छ। गीत निकै रोमान्टिक खालको छ। उनले यो गीत केही दिनअघि मात्र सार्वजनिक गरेका हुन् ।

गीत सार्वजनिक गर्नुअगावै यसको म्युजिक भिडियोको बिकिनी अवतारको निकै चर्चा भएको थियो। गीतमा क्षेत्री स्वयंकै शब्द, संगीत र स्वर छ। जसमा उनलाई गायिका बबिना किराँतीले स्वरमा साथ दिएकी छिन्। यसमा संगीत संयोजन याम थापा मगरको छ। गीतको म्युजिक भिडियो पनि क्षेत्रीकै निर्देशनमा बनेको हो।

जसमा निर्मलका साथमा बिकिनी भेषकी सरू धिमाल, यमुना रसाइली र साथीहरुको नृत्य र अभिनय रहेको छ भने दीपक गिरीले छायांकन र अमृृत चापागाईंले सम्पादन गरेका छन्। भिडियो निर्मल क्षेत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।