June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

बलिउड अभिनेत्री रिया धरौटीमा रिहा

काठमाडौं, असोज २३ (ई-रैवार) 

बलिउड अभिनेत्री रिया चक्रवर्ती लागूऔषध कारोबार तथा सेवनसँग जोडिएको मामलामा बम्बे हाई कोर्टबाट जमानत पाएपछि २८ दिनको जेल बसाइपश्चात् घर फर्केकी छिन् ।

जेलबाट रिहा भएकी उनी आफ्ना मातापिताका साथ अबेर राति आफ्नो घर पुगेकी थिइन् । अदालतले उनलाई केही सर्तका साथ जमानत दिएको हो । १ लाख धरौटीका साथ जमानात पाएकी रियाले १० दिनसम्म प्रत्येक दिन प्रहरी स्टेसनमा हाजिर हुनुपर्नेछ भने मुम्बईबाट बाहिर जान अनुमति लिनुपर्नेछ ।

साथै सोधपुछका लागि बोलाइएको खण्डमा जुनसुकै बेला प्रहरी स्टेसनमा हाजिर हुनुपर्नेछ। दिवंगत अभिनेता तथा उनका प्रेमी सुशान्तसिंह राजपुतका लागि लागूऔषध खरिद गरेको लागेपछि रियालाई गत डिसेम्बर ८ मा गिरप्तार गरिएको थियो ।

यस मामला रिया र उनका भाइ शोविक पनि संलग्न रहेको केही प्रमाण मिलेपछि एनसीबीले रियाका साथ उनको भाइलाई पनि गिरप्mतार गरेर भायखला जेलमा राखेको थियो। रियाले जमानत पाए पनि उनको भाइ शोविकले भने कारागारमै छन् ।