गायिका नेहाको विवाहको खबरमा पूर्व प्रेमीले भने, धेरै खुशी छु

एजेन्सी, असोज २० (ई-रैवार)
चर्चित भारतीय गायिका नेहा कक्कर हाल विवाहका कारण चर्चामा छिन् । समाचार अनुसार नेहाले यस महिनाको अन्त्यसम्म विवाह गर्न सक्छिन् । सामाजिक सञ्जाललाई लिएर मिडीया रिर्पोटसमा भनिएको छ, नेहा आफ्नो साथी रोहनप्रीत सिंहको साथमा विवाह गर्दैछिन् । हालसम्म यसको आधिकारीक जानकारी भने आएको छैन् । नेहाको विवाहको बारेमा मानिसहरुले प्रतिक्रिया पनि दिन थालेका छन् ।
रोहन र नेहाको विवाहलाई लिएर लगातार केही अट्कल लगाइरहेका छन् । नेहाको यो खबरलाई नेहाको पुर्व प्रेमी हिमांश कोहलीले पनि प्रतिक्रिया दिएका छन् । उनको र नेहाको ब्रेकअपको पनि एक समयमा निकै चर्चा भएको थियो । हाल भने हिमांशले भनेका छन्, ‘नेहाको विवाहको खबरले धेरै खुशी छु, किनकी अब नेहा आफ्नो जीवनको अगि बढ्ने फैसला गरेकी छिन् ।’
हिमांशले नेहाले विवाह गर्ने खबरले आफु निकै खुशी भएको जानकारी दिएका छन् । हिमांश र नेहा २०१४ बाट २०१८ सम्म अफेयरमा थिए । उनीहरु एक म्युजिक भिडियोमा पनि खेलेका छन् । एक रियालिटी शोमा नेहाले हिमांशको बारेमा खुलासा गरेकी थिइन् ।
रोहनप्रीतको म्यानेजरले यस खबरलाई सत्यता नभएको बताएका छन् । उनले रोहनले तत्काल विवाह गर्ने कुनै योजना नभएको पनि जानकारी दिए । यी दुवैजनाले गीत सँगै गाएको कारण नाम जोडिएको हो भन्दै उनले म्युजिक भिडियोमा औठी लगाएको बताए । एक भिडियोमा नेहालाई रोहनले औठी लगाइदिएका थिए, जहाँ नेहा धेरै खुशी थिइन् ।





प्रतिकृया दिनुहोस्