June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

बलिउड ड्रग्स प्रकरण : दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

काठमाडौं, असोज ९ (ई–रैवार)

सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ ।

एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ ।त्यसैगरी अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार पेस हुने आदेश दिइएको छ भने साला अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ ।

एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।यसअघि दीपका पादुकोणकी व्यवस्थापक करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो। तर प्रकाशले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएकाले यसका लागि केही समय मागेकी छन् ।