April 19, 2026, Sunday
२०८३ बैशाख ६

पश्चिम सेती निर्माणका लागि सबैले दबाब दिनु पर्ने : नेता महर

धनगढी, असोज ६  (ई–रैवार)

नेपाली काग्रेसका युवा नेता नैनसिहँ महरले पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिनु पर्ने बताएका छन । युवा नेता महरले आज बोलन्या थलीको सेटमा आयोजना गरिएको अन्तरक्रियामा पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिन आवश्यक रहेको बताएका हुन ।

अन्तरक्रिया कार्यक्रममा ने बि संघका पुर्ब अध्यक्ष समेत रहेका युवा नेता महरले पश्चिम सेती निर्माण भए देश समृद्धिको ठूलो आधार हुने भन्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै तहका मेयर र उपमेयर, प्रदेशका सांसद र संघिय सांसदले दबाव दिनुपर्ने बताए ।

‘जनप्रतिनिधिले हिम्मत गरे केही हप्ता मै सरकार बाध्य भएर प्ररियोजनाको काम अगाडि बढाउछ’, नेता महरले भने, ‘बिकास गर्न यस्ता ठुला परियोजनामा सरकारले लगानी बढाउनु पर्छ, बिकासका कार्यमा राजनैतिक खिचातानी गर्नु गलत हो ।’

राजनैतिक,प्रशासकीय र जनता बिचको हातेमालो भएर अघि बढे बिकासका कार्य सहज हुने युवानेता महरले बताए । अहिलेसम्म पश्चिम सेती राजनैतिक दलले जनतालाई चुनाबका बेलामात्र बनाउन्छौ भनेर आश्वासन दिदै आए पनि अब जनप्रतिनिधिले हिम्मत गर्नु पर्नेमा जोड दिए ।