ओलीलाई प्रचण्डको कटाक्ष-मलामी जाँदा हाँस्दै, नाँच्दै, बाजा बजाउँदै जाने कस्तो अद्भुत र विचित्र प्राणी ?
धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारबाट बालकोट जानु एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक हार र मृत्यु भएको टिप्पणी गरेका छन् । कैलालीको मसुरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘बाँचुञ्जेली बस्न खोजेका...






