April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

ओलीको प्रतिवेदनमा ‘१० नेता’ को असन्तुष्टि : ‘संसद् विघटनकै कारण एमाले समस्यामा’

ओलीको प्रतिवेदनमा ‘१० नेता’ को असन्तुष्टि : ‘संसद् विघटनकै कारण एमाले समस्यामा’

काठमाडौँ, असोज ५ (ई-रैवार) पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाल लगायत १० नेताले राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमाथि असन्तुष्टि राखेका छन् । प्रतिवेदनसम्बन्धी प्रस्ताव दसबुँदे सहमतिको मर्मविपरीत भएको उनीहरूले उल्लेख गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथि उनीहरूको…

कांग्रेस १४औं महाधिवेशन : साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

कांग्रेस १४औं महाधिवेशन : साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं, भदौ ३१ (ई-रैवार)  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न…

  • अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    काठमाडौं, भदौ ३० (ई-रैवार) प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा...

  • विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

    विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

    बैतडी, भदौ २८ (ई-रैवार) कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका...

  • आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

    आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

    कैलाली, भदौ २८ (ई-रैवार) रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन्...

  • गठबन्धनमा सहमति नजुट्दा प्रधानमन्त्री देउवा तनावमा

    गठबन्धनमा सहमति नजुट्दा प्रधानमन्त्री देउवा तनावमा

    काठमाडौं, भदौ २८ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली काँग्रेस, माओवादी...

  • सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

    सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

    धनगढी, भदौ १३ (ई-रैवार) एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो...

  • सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का !

    सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का !

    धनगढी, भदौ १२ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड पनि उनकै चहाना बमोजिम हुन्थ्यो।...

  • को-को बन्दै छन् एकीकृत समाजवादीबाट मन्त्री ?

    को-को बन्दै छन् एकीकृत समाजवादीबाट मन्त्री ?

    काठमाण्डौँ, भदौ १२ (ई-रैवार)  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो। तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए। मन्त्रालयको टुंगो...