सुदूरपश्चिम प्रदेशमा आज १ सय १५ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ३० पुग्यो

धनगढी, भदौ १६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा आज १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको बताएका छन ।
सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीमा २० जना, कन्चनपुरमा ४ , डोटीमा २४ जना बैतडीमा १२ जना, डडेल्धुरामा २ जना, बझाङमा ४० जना र अछाममा १३ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ८ महिला र ६ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ३ जना, वडा नम्वर ६, १२ र १९ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकाका ४ र गौरीगंगा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले बताए ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका ७ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्वर २ सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
अछामको रामारोशन गाउँपालिकका २ महिला र २ पुरुष गरी ४ जना, बान्नीगढी जयगढ गाउँपालिकाका २ पुरुष र वडा नम्वर १ का १ पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३० पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै ५ हजारले कोरोना जितेका छन भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।





प्रतिकृया दिनुहोस्