April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७६ पुग्यो

 

धनगढी, भदौ २ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको हो।

सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन्।

जिल्लाको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।

उता काठमाडौँमा भएको परीक्षणमा दार्चुलाका २ र कञ्चनपुरका १ गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

मंगलवार ५० जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ७६ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा ८ सय ८१, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय बढि डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।