April 18, 2026, Saturday
२०८३ बैशाख ५

आज ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा १५ जना थपिए

 

धनगढी, साउन  ३१ (ई-रैवार) 

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २ सय १ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११ र ११ जनामा संक्रमण पुष्टि भएको हो ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९ र ९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५र५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३ र ३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २ र २ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४ सय ४७ नमुना परीक्षण गरिएको छ । यस सँगै नेपालमा पीसीआर टेष्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६ सय ६० पुगेको छ ।

सुदूरपश्चिमका १५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा शनिबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण भएको बताउँदै कैलालीका ९ र कञ्चनपुरका ४ जनामा संक्रमण देखिएको जानकारी दिए ।

श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका ३ पुरुष र १ महिला गरी ४ जना, घोडाघोडी नगरपालिका वडा नम्वर ८ का ३ महिला, गोदावरी नगरपालिका वडा नम्वर १० का १ महिला र १ पुरुष गरी २ जनामा कोरोना पुष्टि भएको बताए ।

सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का २ महिला र १ पुरुष गरी ३ जना र बेल्डाँडी गाउँपालिका वडा नम्वर ४ का १ पुरुषमा संक्रमण देखिएको बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई जनामा कोरोना देखिएको छ। २४ घण्टामा २ सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

भुषालका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्वर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ पुगेको छ ।