April 18, 2026, Saturday
२०८३ बैशाख ५

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

कञ्चनपुर, साउन ९ (ई-रैवार)

कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलौरि नगरपालिका ५ का ४४ बर्षे वर्षे व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका व्यक्ति माथी मुद्धा दर्ता भइसकेको बताए ।

आफन्तको गुनासको आधारमा ती व्यक्ति बिहीबार राती पक्राउ परेका थए । घटनाको बारेमा थप छानविन भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले घटना बारे प्रहरीलाई खबर आएपछि घरबाटै करणीको आरोप लागेका बुबालाई नियन्त्रणमा लिइएको बताए ।