आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

धनगढी, साउन १ (ई-रैवार)
नेपालमा आज १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४ – १४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन भने भक्तपुर र ललितपुरमा केहीदिनदेखि संक्रमित शून्य रहेका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला धरानमा झापाका २ र सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २, उदयपुरका १ र इलामका ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ र ओखलढुंगाका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २६ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्साका २ ,बाराका १, रौतहटका ६ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीपुर्वका १७, रौतहटका ६, मकवानपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र प्युठानका १ – १ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ८, सुर्खेतका २, बर्दिया र दाङका १ – १ जनामा संक्रमण पु्ष्टि भएको छ ।
दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ६, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १, सल्यान र जाजरकोटका २ – २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ८ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४, कैलालीका १४, कन्चनपुरका १४, बझाङका १ जना गरी आज जम्मा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १ सय ६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।





प्रतिकृया दिनुहोस्