सडक निर्माणमा एसएसबीको अवरोध विरूद्ध राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

धनगढी असार २४(ई-रैवार)
कञ्चनपुरमा सडक निर्माणमा भारतिय सीमा सुरक्षा बल(एसएसबी)ले पु–याएको अवरोध विरुद्ध राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ ।
कञ्चनपुरदेखी झापासम्म जोडिनेगरी निर्माण भईरहेको हुलाकी सडक अन्तर्गत बेलोरी नगरपालिका–८ पचुईँ तीनदिनअघि एसएसबीले सडकको निर्माणकार्य अवरोध गरेका थिए ।
सडक निर्माण भईरहेको क्षेत्रमा १५ वटा गाडीमा दर्जनौको संख्या एसएसबी आएर सडक निर्माण भईरहेको भू–भाग भारतको दाबी गर्दै सडक निर्माण कार्य अवरोध गरेका थिए । त्यसपछि सो क्षेत्रमा सडक निर्माण कार्य रोकिएको छ ।
सोही विषयलाई लिएर राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश ईन्चार्ज मनोज भट्टले आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यो भारतिय पक्षको चरम ज्यादतीको नमूना हो । यस विषयमा नेपालको सरकार नबोल्नु निरीहिताको पराकाष्ठा हो,’ केन्द्रीय सदस्य भट्टले भने,‘यसका विषयमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’
सोही बिषयलाई लिएर जनमोर्चाले बिहिबार स्थलगत निरिक्षण गर्ने र असार २८ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको उनले बताए ।





प्रतिकृया दिनुहोस्