सुदूरपश्चिम प्रदेशको ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत(पूर्णपाठसहित)

धनगढी असार १(ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरे ।
प्रस्तुत बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख रहेको छ । प्रदेश सरकारले चालुआर्थिक वर्षका लागि गतवर्ष २०७६÷०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमा ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष’का लागि प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।
बजेटमा आगामी आर्थिक वर्षलाई ‘स्वास्थ्य सेवा सुधार वर्ष’ बर्ष मनाउनेभन्दै त्यसका लागि समग्र स्वास्थ्य क्षेत्रमा तीन अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । जसमा स्वास्थ्य संस्थाको पूवार्धार विस्तार एवं सेवाको पहुँच बृद्धि गर्न १९ करोड ९५ लाख, कोभिड–१९ महामारी संकमण उपचारको लागि टीकापुर सहित अछाम, बाजुरा, बझाङ, डोटी, बैतडी र दार्चुलामा १० शैयाको भवन निर्माण, औजार एवं उपकरण र सोको संचालन एवं व्यवस्थापनको लागि ५ करोड १५ लाख लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
बजेटमा कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रममा प्राथमिकताका साथ बजेट परेको छ । कोरोनाका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडी सारिएको छ ।
अधिकांश पूरानै योजनालाई निरन्तरता दिदै ल्याउन लागिएको सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।
पूर्णपाठ पढ्न यहाँ क्लिक गरौं आ.व. २०७७-७७ को बजेट वक्तव्य
प्रतिकृया दिनुहोस्