सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

धनगढी असार १(ई-रैवार)
आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ ।
प्रदेश सरकार स्रोतको अनुसार ३३ अर्बको हाराहारीमा बजेट आउनसक्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले भने,’थोरै तल माथिहोला, ३३ अर्बको हाराहारीमा बजेट रहन्छ ।’
प्रदेश सरकारले यस पटक चालू आर्थिक बर्षभन्दा थोरै घटेर संघीय सरकारबाट अनुदान आउने अनुमान गरेको छ । चालू आर्थिकबर्षमा १४ अर्ब ५० करोड अनुदानआएकोमा आगामी आर्थिक बर्षमा यस्तो अनुदान २८ करोडले घटेर १४ अर्ब २१ करोड मात्रै आउने अनुमान गरिएको छ ।
कोभिड-१९ को महामारी र यसपछि सिर्जनाभएका घटनाक्रमले मुलुक बाहिर रहेका नागरिकहरु बेरोजगार भएर फर्केको अवस्थामा आउन लागेको बजेटलाई विशेष चासोले हेरिएको छ ।
यता कोभिड -१९ नियन्त्रण र त्यसले थलिएको अर्थतन्त्र उकास्ने गरी बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए । उनले यसपटकको बजेटले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्